एक करोड बढी पटक हेरियो ‘ठमेल बजार’

loading...

बर्षको बहुप्रतिक्षित बनेको चलचित्र ‘लुट’ रिलिज हुन अब केहि दिन मात्र बाकि रहेको छ। फाल्गुन १३ गतेबाट देशभर एकासाथ प्रदर्शनमा आउन लागेको चलचित्रको चर्चा चुलिएको छ।


रिलिज मिति नजिकिदै रहेको अवस्थामा चलचित्रमा समावेश गीत ‘ठमेल बजार’ ले एक करोड माथिको भ्युअर्स पाएको छ। यसभन्दा अगाडी चलचित्र ‘वडा नम्बर ६’ को सुर्के थैली खै र ‘छक्का पन्जा’ को पुर्व पश्चिम रेलले युटुवमा कीर्तिमानी एक करोड भ्युअर्स पाएका थिए।
कालिप्रसाद बास्कोटाको शब्द र संगीतमा तयार भएको गीतमा कालीप्रसाद र मिना निरौलाको आवाज रहेको छ।
निश्चल बस्नेत निर्देशित चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, कर्मा , बिपिन कार्की, ऋचा शर्मा लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन्। स्टारकस्टले भरिपूर्ण चलचित्रले नेपाली चलचित्र बजारमा नयाँ आयाम ल्याउने अपेक्षा गरीएको छ।

 

 

 

Comments

comments