०७२ मा हिट तर ०७३ मा चलचित्र बिहिन बनेका कलाकार

loading...

वर्ष २०७३ सकिन तयारीमा रहेको छ। चैत्र महिनाको अन्तिम साता चलिरहँदा हरेक क्षेत्रको बर्ष समिक्षा चलिरहेको छ।
धेरै उतारचढाव देखेको यो वर्षले चलचित्र क्षेत्रमा समेत निकै उतारचढाव देख्यो। ८० बढी चलचित्र प्रदर्शनमा आए पनि करिव १ दर्जन बढी चलचित्रले मात्रै सम्झना योग्य व्यापार गरे।
कति नयाँ कलाकार नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरे भने कति २०७२ सालमा हिट भएर पनि कुनै चलचित्रमा देखिएनन्।
आज हामि बर्ष २०७२ मा हिट चलचित्रमा काम गरेका कलाकरको चर्चा गर्न लागिरहेका छौ जसको २०७३ मा कुनै पनि चलचित्र प्रदर्शनमा आएनन्।

१. साम्राज्ञीराज्य लक्ष्मी शाह

‘ड्रिम्स’ चलचित्र मार्फत २०७२ मा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी अभिनेत्री हुन्, साम्राज्ञीराज्य लक्ष्मी शाह। पहिलो चलचित्रबाट नै निकै राम्रो तारिफ बटुल्न सफल भएकी साम्राज्ञीले वर्षको सम्पूर्ण नव-नायिकाको अवार्ड आफ्नो पोल्टामा परिन्। तर बर्ष २०७३ मा उनि अभिनित कुनै पनि चलचित्र प्रदर्शनमा आएनन्. तर पनि उनि खालि हात भने वस्नु परेन। उनले तीनवटा चलचित्रको छायाँकन सम्पन्न गरेकी छिन्।  ‘ए मेरो हजुर २’ र ‘तिमि संग’ मा मुख्य भूमिकामा रहेकी साम्राज्ञी ‘मंगलम’ चलचित्रमा केमियो रोलमा रहेकी छिन्।  उनि अभिनित ‘ए मेरो हजुर २’ चैत्र महिनामा रिलिज हुने भनिए पनि चलचित्र २०७४ मा सर्यो।
यसअर्थमा २०७२ कि सर्वाधिक सफल नव-नायिका साम्राज्ञीको २०७३ मा कुनै पनि चलचित्र प्रदर्शनमा आएनन्।

२. पुजा शर्मा

२०७२ सालमा ‘प्रेमगीत’ चलचित्र निकै सफल बन्यो। सफल चलचित्रबाट अभिनयमा उत्तिकै उचाई बटुलीन्, पुजा शर्माले। धेरै चलचित्रमा अभिनय गरेर आफ्नो उचाई हात पर्न नसकिरहेको बेला पूजालाई एकाएक प्रेम गीतले चम्कायो। चलचित्र सुपरहिट बन्यो अनि उत्तिकै रुचाईयो पुजा शर्मालाई पनि।
तर २०७३ भर उनि अभिनित कुनै पनि चलचित्र प्रदर्शनमा आएनन्। तर पनि उनि मीडियामा भने सधै छाईरईन्। प्रेमगीत निर्माता र नायक संगको विवाद, पत्रकार संगको विवादले उनले मीडियामा स्थान बनाईरइन्।
बर्ष २०७३ को अन्त्यमा उनि ‘म यस्तो गीत गाउँछु’ को छायाँकानमा व्यस्त रहिन्। पल शाह संग जोडी बाधेकी पुजाको चलचित्र २०७४ सालाको असारमा प्रदर्शनमा आउनेछ।

३.प्रदिप खड्का

‘प्रेमगीत’ चलचित्र मार्फत नै नेपाली चलचित्र क्षेत्रमा एउटा स्थापित नाम बनेको छ, प्रदिप खड्का हो। ‘प्रेमगीत’ अगाडी ‘स्केप’ चलचित्रमा देखिएका प्रदीपलाई सफलता ‘प्रेमगीत’ चलचित्रले नै दियो। चकलेटी लभर व्याई बनेका प्रदीपलाई धेरैले मनपराए। तर उनि अभिनित कुनै पनि चलचित्र बर्ष २०७३ मा रिलिज भएनन्। उनि अभिनित चलचित्र ‘प्रेमगीत २’ बर्ष २०७४ को साउन १३ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ।
बर्ष २०७३ मा उनि त्यति धेरै सार्वजनिक कार्यक्रममा देखिएनन्। यतिबेला उनि ‘प्रेमगीत २’ को छायाँकनमा व्यस्त रहेका छन्।

 

 

४. पल शाह

म्युजिक भिडियो हुँदै नेपाली चलचित्र क्षेत्रमा प्रेवश गरेका पल शाहले ‘नाइँ नभन्नु ल ४’ मार्फत डेव्यु गरेका हुन्। बर्ष २०७२ को अन्तिम साता रिलिज भएको चलचित्रले निकै राम्रो सफलता हासिल गर्यो। यहि चलचित्र मार्फत उदाएका पल शाहको २०७३ मा कुनै पनि चलचित्र प्रदर्शनमा आएनन्। उनले ‘जोनी ज्यान्टलम्यान’ र ‘म यस्तो गीत गाउँछु’ को छायांकनमा बर्ष २०७३ बिताए। चलचित्र रिलिज नभएपनि पल शाह अभिनेत्री आँचल शर्मा संगको प्रेम चर्चाले सधै मिडियामा छाउन सफल भए।

Comments

comments