अविवाहित छिन् साउथ अभिनेत्री अनुष्का, यी हुन् साउथ चलचित्रका अविवाहित अभिनेत्रीहरु

loading...

केहि समय अगाडी मात्रै ‘बाहुबली: द कन्क्लुजन’ को सुटिङ सकेकी साउथ चलचित्रकी स्टार अभिनेत्री अनुष्का अविवाहित रहेकी छिन् । उनि संगै धेरै साउथका अभिनेत्रीहरु अविवाहित रहेका छन् । आज हामि केहि अविवाहित साउथ अभिनेत्रीहरुको चर्चा गर्न लागिरहेका छौ ।

 

१.अनुष्का शेट्टी

सन् १९८१ मा जन्मिएकी अनुष्का शेट्टी साउथ चलचित्रकी सफल अभिनेत्री हुन् । साउथमा धेरै सफल चलचित्र दिएकी ३५ बर्षीय अनुष्का अविवाहित रहेकी छिन् । उनले बाहुबली, किङ, बिल्ला, रगडा जस्ता सफल चलचित्रमा काम गरेकी छिन् ।

२. श्रीया सरन

साउथ चलचित्रकी सफल अभिनेत्रीको सुचिमा श्रीयाको नाम पनि अग्र स्थानमा आउने गर्दछ । धेरै सफल चलचित्रमा काम गरेकी ३४ बर्षीय श्रीया अविवाहित रहेकी छिन् ।

३. तृषा कृष्णन

‘वर्षम’, ‘ थूगावनम’ जस्ता सफल चलचित्रमा काम गरेकी कृष्णन साउथ चलचित्रमा निकै चर्को पारिश्रमिक लिने अभिनेत्रिमा पर्ने गर्दछिन्। तृषा कृष्णन हरेक एक चलचित्रमा करिव १ करोड बराबर लिने गर्दछिन्। ३३ बर्षीय तृषा पनि अविवाहित रहेकी छिन्।

४. प्रियमणि

‘द्रोणा’, ‘राज’ जस्ता सफल चलचित्रमा अभिनय गरेकी प्रियमणि सन् १९८४ मा जन्मिएकी हुन् । ३३ बर्षीय सफल अभिनेत्री प्रियमणि अविवाहित रहेकी छिन् ।

५. काजल अग्रवाल

आफ्नो सुन्दरता र अभिनयको कारण निकै राम्रो चर्चा बटुलेकी काजल साउथ चलचित्रकी निकै सफल अभिनेत्री हुन् । साउथ हुदै बलिउडमा समेत आफ्नो प्रभाव जमाउन सफल ३१ बर्षीय काजल अविवाहित रहेकी छिन् । ‘मगधिरा’, ‘चन्दामामा’ ‘टेम्पर’ जस्ता सफल चलचित्रमा उनले काम गरिसकेकी छिन् ।

६. श्रुति हसन

कमल हसन कि छोरी श्रुति बलिउड र साउथ दुवैतिर सक्रिय छिन्। १९८६ मा जन्मिएकी श्रुतिले साउथमा ‘येवदु’ , ‘बलुपू’  जस्ता सफल चलचित्र दिएकी छिन्। ३० बर्षीय श्रुति अविवाहित रहेकी छिन्।

७. इलियाना डीक्रुजा

२००६ मा ‘देवदासु’ चलचित्र मार्फत साउथ चलचित्रमा डेव्यु गरेकी इलियानाले बलिउड चलचित्र ‘बर्फी’मा काम गरिसकेकी छिन् । १९८७ मा जन्मिएकी २९ बर्षीय इलियाना अविवाहित रहेकी छिन् ।

८. तापसी पन्नु

साउथ र बलिउडमा धेरै चलचित्रमा काम गरेकी तापसी निकै सफल अभिनेत्रीको रुपमा रहेकी छिन् । १९८७ मा मुम्बईमा जन्मिएकी २९ बर्षीय तापसी अविवाहित रहेकी छिन् ।

९. कायनात अरोडा

१९८६ मा जन्मिएकी २९ बर्षीय साउथ भिनेत्री कायनात अविवाहित रहेकी छिन् । उनले बलिउड, तामिलका धेरै चलचित्रमा काम गरेकी छिन् ।

 

Comments

comments