‘पिडा माझ हास्न सिकेकी छु र मेरो जीवन एक उदाहरणीय बनेको महसुस गर्छु’- केकी अधिकारि (भिडियो)

    loading...

    ‘मेरो हरेक फ्लिम फ्लप हुँदा धेरै पिडा र टरचर सहेकी छु, तर कहिले हारिन र हरेश खाईन । पिडा माझ हास्न सिकेकी छु र मेरो जिवन एक उदाहरणिय बनेको महसुस गर्छु ।’

    अभिनेत्री केकी अधिकारीले आफ्नो अभिनय कलाले सवैको मन जित्न सफल भैसकेकी छिन्। सुन्दर मुस्कान, अब्बल अभिनय अनि निश्चल मन केकिका बिशेषता हुन्। केकि एउटा खुल्ला पुस्तक जस्तै छिन्, जसमा सरल शब्दले निश्चल भावना कोरिएको छ। जसले उनलाई नजिकबाट पढ्ने अनि नियाल्ने प्रयास गर्छ सवैले एउटा सुन्दर मन अनि सकारात्मक भावना पाउछ।


    नाटक तथा टेलिचलचित्र निर्देशक बद्रि अधिकारीको सुपुत्री हुन्, केकी अधिकारी। २०४६ सालमा जन्मिएकी केकिको घरायसी माहोल नै रंगकर्मको थियो। भनिन्छ आमाबाबुको प्रभाव सन्ततिमा देखिने गर्दछ, सायद त्यहि प्रभाव केकिमा पर्यो ।रंगकर्मी बद्रीको नशा-नशामा भरिएको अभिनय कला केकिमा पनि देखियो र नेपाली अभिनेत्रिहरुमा जीवन्त अभिनय गर्ने एक अब्बल कलाकारको रुपमा उनि स्थापित हुदै गइन्।म्युजिक भिडियो हुदै चलचित्रमा प्रवेश गरेकी केकिको जीवन्त अभिनयलाई मन नपराउने सायदै होलान्।

    सुरुवाती दिनमा म्युजिक भिडीयोमा अभिनय गर्ने प्रस्ताव गर्दा अस्विकार गर्थिन केकी। उनलाई लाग्थ्यो उनमा त्यो गुण छैन जुन कलाकारमा हुनुपर्छ। पटक पटकको मिङ्गमा शेर्पाको आग्रहलाई अस्विकार गर्न नसकेर उनि डान्स रियालिटी शो ‘घिन्ताङ’ मा देखिईन्। अनि आफ्नो नजरमा अयोग्य देखिएकी केकी सवैको नजरमा योग्य देखिईन् र बनिन् सवैको प्रिय कलाकार।

    जति अभिनय कलामा अब्बल छिन् केकी उति नै तीक्ष्ण छिन् आफ्नो अध्ययनमा पनि। स्कुलदेखि नै पढाइमा अब्बल केकीले स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेकी छन् । सानैबाट पढाईमा अव्वल रहेकी केकिलाई उनका पिताले अभिनय कलाबाट टाढा राखेर डाक्टर बनाउने चाहाना राखेका थिए । तर उनि बिरामीको सेवा र उपचार गर्ने डाक्टर त बनिनन्, तर लाखौको दिलमा बस्न सक्ने अब्बल कलाकार बनिन्।

    केकिले चलचित्र ‘स्वर’ मार्फत नेपाली रजतपट डेव्यु गरेकी हुन्। व्यवसायिक हिसाबले केकिका चलचित्रले त्यस्तो चमत्कारिक व्यापार गर्न सकेका छैनन् । तर छोटो समयमा ठुलो छलांग मार्न सफल केकी अधिकारिलाई आफ्ना चलचित्र असफल भएको पिडा महसुस भए पनि आफु निराश नहुने बताउछिन्। केकी भन्छिन्, ‘मेरो हरेक फ्लिम फ्लप हुँदा धेरै पिडा र टरचर सहेकी छु, तर कहिले हारिन र हरेश खाईन । पिडा माझ हास्न सिकेकी छु र मेरो जिवन एक उदाहरणिय बनेको महसुस गर्छु ।’

    पिडामा पनि हास्न सिकेकी केकी साच्चै उदाहरणीय बनेकी छिन्। सानोमा बाबाले अभिनय कलाबाट टाढा राखेर डाक्टर बनाउन चाहेकी केकी आज अभिनय गरेर कला क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भैसकेकी छिन्।
    सुन्दर अनि जीवन्त अभिनय गरेर सवैको मन जित्न सफल केकिलाई सफलताको शुभकामना

    Comments

    comments