बलिउड चलचित्रमा ‘तक्मे बुढा’ दोहोरो भूमिकामा

loading...

हास्य कलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ले बलिउड चलचित्रमा आफ्नो अभिनय यात्रा प्रारम्भ गरिसकेका छन्। विपाशा बासुको चलचित्र बाट बलिउडमा प्रवेश गर्ने चर्चा गरिए पनि उनले अर्की अभिनेत्री संग स्क्रिन शेयर गर्दै आफ्नो बलिउड यात्रा प्रारम्भ गरेका छन्।

चलचित्र ‘वान्टेड’ कि अभिनेत्री आयशा टकिया संग उनले स्क्रिन शेयर गरेका छन्। चलचित्रमा उनको भूमिकाको बारेमा धेरै खुलाउन नमिल्ने बताउने विल्सनले चलचित्रमा आफु दोहोरो भूमिकामा रहेको खुलाएका छन्। केहि समय अगाडी बलिउड अभिनेत्री टकियाले विल्सनको दाह्री पालेको लक्स सार्वजनिक गरिदिएकी थिइन्।
एक कार्यक्रममा भेटिएका विल्सनले आफु दोहोरो भूमिकामा रहेको र आयशाले सार्वजनिक गरेको लुक्स संगै चलचित्र भरि नेपालीको पहिचान बोक्ने ढाका टोपी लगाएको अर्को भूमिकामा समेत रहेको खुलाएका छन्।

Comments

comments