यमबुद्धको पोष्टमार्टम सम्पन्न, थिएन ड्रग्सको ओभरडोज

loading...

चर्चित गायक यम बुद्धको पोष्टमार्टम भएको छ । पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको पारिवारिक श्रोतले जानकारी दियो । प्राप्त जानकारी बेलुकी उनले श्रीमतीसँग बसेर वाइन भने पिएका थिए । रिपोर्टमा बंगारा भाच्चिएको पाइएको पनि जनाइएको छ र यसलाई सामान्य मानिएको छ ।

शनिबार बिहान लन्डनमा आफ्नै घरको  बाथरुममा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । पारिवारिक सदस्यका अनुसार, रोयल मेलको काम सकेपछि घर आइ खाना खाएर सुतेका यम राती तीनबजेतिर बाथरुम छिरेका थिए । बिहान ६ बजे घरकै अरु सदस्यले ढोका ढकढक गर्दा नखुले पछि भित्र जांदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए । यसैबीच, यमले आफ्नो पासपोर्ट च्यातेको पाइएको छ । उनले किन पासपोर्ट च्याते भन्ने चाहिं खुलेको छैन् ।

हाल उनको शव नर्थवीक पार्क अस्पतालमा छ । उनका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् । तर कहिले ल्याउने वा नल्याउँने भन्ने बारे आधिकारिक पुष्टी भइसकेको छैन् । उनका बाबू काठमाडौमा र आमा अष्ट्रेलियामा छिन् ।

उनको परिवारले दाहसंस्कार नेपालमा नै गर्ने चाहना राखेको छ भने उनका लाखौ फ्यान उनलाई अन्तिम श्रद्धाञ्जली दिन समेत चाहन्छन्।

केही वर्ष यता श्रीमतीसंगै रहेका अधिकारी लन्डनमा भ्यालेन्टाइन कार्यक्रम गर्ने तयारीमा थिए । उनको निधनले नेपालको र्‍याप संगीतमा अपुरणीय क्षति पुगेको संगीतकर्मीहरुले बताएका छन् । सामाजिक संजाल मार्फत धेरैले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको नयां एल्बम ‘खतरा’ छिट्टै बजारमा आउंदै थियो । यमको मेरो जुत्तामा, साथी, आउंदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको शुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।

Comments

comments